पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, पानी बाहिरको भागमा आगो लाग्यो, चालक सम्पर्कविहीन

पेट्रोल बोकेको ट्याङ्कर त्रिशूलीमा खस्यो, पानी बाहिरको भागमा आगो लाग्यो, चालक सम्पर्कविहीन

पेट्रोल बोकेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर आइतवार बिहान धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको छ ।

ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभएको ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नेत्र भट्टले जानकारी दिए ।

नदीमा खसेको ट्याङ्कर पानीमा डुबेको छ भने केही भाग देखिएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।