पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो

पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो

सांकेतिक तस्वीर

मुग्लिन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति पुर्‍याएको हो ।

पहिरोले दुईवटा मोटरसाइकल, एक/एक वटा म्याजिक भ्यान र बलेरो पनि बगाएको स्थानीय चित्रबहादुर गुरुङले जानकारी दिएी ।

वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौचालयमा समेत क्षति पुर्‍याएको उनले जानकारी दिए ।

गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन् ।
 
पाँच किलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ ।

यस सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा पहिरो खस्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध छ ।

पहिरो पन्छाई सडक सञ्चालन गर्न समय लाग्ने जिल्ला प्रहरी कार्‍यालय चितवनले जनाएको छ ।