नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यातायात अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो, यातायात अवरुद्ध

चितवन । नारायणगढ –मुग्लिन सडकखण्डको चोर खोलामा आज दिउँसो पहिरो जांँदा सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पहिरो पन्छाउने काम शुरु भइसकेको  छ । 

पहिरो पन्छाएर बाटो खुल्न केही समय लाग्ने थापाले बताए । पहिरो खसेको ठाउंँ इच्छाकामना गाउंँपालिका –६ अन्तर्गत पर्छ ।