पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा

रसुवा । पहिरोका कारण यही साउन १९ गतेदेखि अवरुद्व पासाङल्हामु राजमार्ग पुनःसञ्चालनमा आएको छ ।

धुञ्चे (स्याफ्रुबीच ठूलोभार्खु डाँडामा सडक सतहमा भाँसिन गई  राजमार्ग आवरुद्ध भएको थियो ।  राजमार्गको कुनातर्फबाट नयाँ ट्र्याक तयार गरी आइतबारबाट सवारी यातायात सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
   
राजमार्ग खुला भएलगत्तै रोकिएर बसेका मालबाहक कन्टेनर राजधानी काठमाडौँ प्रस्थान गरिसकेको ट्राफिक प्रहरीले जनाएको छ ।ती कन्टेनरमा स्याउ रहेका छन् ।

पहिरोका कारण टिमुरेमा रोकिएको स्वास्थ्य सामग्री बोकेका तीन वटा कन्टेनर पनि आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन् ।

प्रजिअको सक्रियताले छिटो राजमार्ग सञ्चालन हुँदा  समुदायमा उत्साह बढेको स्थानीय बुद्धिजीवी ल्हाक्पा थोक्राले बताए ।