म्याग्दी । म्याग्दीमा शुक्रबार पहिरोमा परेर बेपत्ता भएका ३४ जनामध्ये शनिबार बिहानसम्म १२ जनाको शव फेला परेको छ। २२ जना भने अझै हराइरहेका छन् । मृतकहरुको पहिचान भने खुल्न बाँकी रहेको म्याग्दीका प्रहरी प्रमुख डिएसपी किरण कुँवरले जानकारी दिए।
शुक्रबार पहिरोमा परि म्याग्दीको धौलागिरि गाउँपालिका ६ मराङमा २१ जना, मालिका गाउँपालिका ७ बिममा ८ जना र मालिका ६ मा दुखुमा एक जना बेपत्ता भएका थिए। धौलागिरी गाउँपालिका ६ का अध्यक्ष राजाराम सुवेदीका अनुसार मराङमा १० जना र रघुगंगा गाउँपालिकाको ठाडाखानीमा २ जना गरी १२ जनाको शव फेला परेको हो।
बेपत्तामध्ये तीन जनाको शव हिजै फेला परेको थियो। आज थप नौ जनाको शव फेला परेको हो।