आजको मौसमः देशभर भारी वर्षासहित चट्याङ पर्ने संभावना, सतर्क रहन आग्रह

आजको मौसमः देशभर भारी वर्षासहित चट्याङ पर्ने संभावना, सतर्क रहन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शनिबार जारी गरेको मौसम पूर्वानुमानले हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले बर्षा हुने जनाएको छ।

महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदुरपश्चिम प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको समेत जानकारी दिएको छ।

शनिबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, गण्डकी प्रदेश, र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ।

शनिबार राति भने देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको पूर्वानुमान गरिएको छ।