काठमाडाैं । माैसममा फेरि बदलाव आउने भएकाे छ ।
जसअनुसार आजबाट फेरि वर्षा बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आजदेखि मनसुन सक्रिय भएका कारण कम्तीमा तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको हो।
माैसमविद्का अनुसार बुधबार र बिहीबार मनसुन सामान्य अवस्थामा रहेका कारण यी दुई दिन तुलनात्मक रूपमा वर्षा केही कम भइरहेकाे थियाे। तर आजबाट मनसुन पुनः ‘एक्टिभ’ भएका कारण वर्षाको मात्रा बढ्ने भएको हो।
‘हामी सामान्यतया ७२ घण्टा (तीन दिन) को मौसम अनुमान गर्छाैं,’ मौसमविद् मानन्धरले भनिन्, ‘यस अवधिभर वर्षा अलि बढी हुने सम्भावना देखिएको छ।’
मैसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनअुनसार आज, भोलि र पर्सिसम्मै देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म तथा कही स्थानमा भारी (ठूलो) वर्षा हुने सम्भावना छ।