हुम्लामा सुत्केरी बेथा लागेको ११ दिनपछि उद्धार

हुम्लामा सुत्केरी बेथा लागेको ११ दिनपछि उद्धार

हुम्ला । चंखेली गाउँपालिकाकी एक गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल हुम्ला पुऱ्याइएको छ । चंखेली गाउँपालिका– ३ ऐडीबाडाकी २७ वर्षीया कार्तिकी ऐडीलाई ११ दिनसम्म सुत्केरी बेथा लागे पनि बच्चा जन्माउन नसकेपछि जिल्ला अस्पताल हुम्ला ल्याइएको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

जिल्ला अस्पताल हुम्लाबाट गएकी सिनियर अनमी सरिता बोहराले ऐडीको उद्धार गरी अस्पताल ल्याइएकी हुन् । ऐडीलाई २४ जेठ बिहान ९ बजेदेखि सुत्केरी बेथा लागेको थियो । बेथा लागे पनि बच्चा जन्माउन नसकेपछि हेलिकोप्टर बोलाएर उद्धार गरी अस्पताल ल्याएको उनका श्रीमान् भैरव ऐडीले बताए । 

कार्तिकी ऐडीको पेटमा पानी कम भएपछि समस्या भएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए  । उद्धार गरिएकी ऐडीको अप्रेसन गर्ने तयारी भइरहेको फडेराले बताए ।