रुकुम नरसंहारविरुद्ध आज माइतीघर मण्डलामा विराेध कार्यक्रम हुँदै

रुकुम नरसंहारविरुद्ध आज माइतीघर मण्डलामा विराेध कार्यक्रम हुँदै

काठमाडाैं । ६ जनाकाे ज्यान जानेगरी रुकुम पश्चिमकाे चाैरजहारीमा भएकाे घट्नालाई लिएर आज माइतीघरमा विराेध कार्यक्रम हुने भएकाे छ । 

संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमाडाैंकाे आयाेजनामा दिउँसाे २ बजे हुन लागेकाे कार्यक्रममा नागरिक समाजका अगुवादेखि सामाजिक अभियानताहरुसम्मले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । 

साझा पार्टीका संयाेजक रविन्द्र मीश्रले आफ्नाे फेसबुक मार्फत कार्यक्रमबारे जानकारी दिँदै लेखेका छन्,'राजनीतिक भ्रष्टाचार र अकर्मण्यताका विरुद्ध आवाज उठाउँदै गर्दा यस्तो महत्वपूर्ण विषय ओझेलमा नपरोस्। बोलौँ, व्यवहार परिवर्तन गरौँ र चेतना जगाऔँ। समस्या अशिक्षित र रुढीवादमा मात्र होइन, समस्या शिक्षित र आधुनिकहरूमाझ पनि छ।'

विराेध कार्यक्रमलाई विश्लेषक आहुती, नागरिक अगुवा श्याम श्रेष्ठ, मानव अधिकार अभियानता दुर्गा साेब लगायतले सम्बाेधन गर्नेछन्  ।