नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोटमा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार सात वर्षीया बालिकालाई स्थानीय २९ वर्षीय युवाले बलात्कार गरेका हुन् ।
बुधबार साँझ बलात्कार गरेको गाउँलेले थाहा पाएपछि युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीय बासिन्दाले बताएका छन् ।
युवा अहिले इलाका प्रहरी कार्यालय गैँडाकोटको नियन्त्रणमा रहेका छन् ।
बालिकाको स्वास्थ्य परीक्षणका लागि पठाएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको नयाँ पत्रिकाले लेखेको छ ।