४ दिनअघि क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना पुष्टि

४ दिनअघि क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना पुष्टि

धनगढी । सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिने शिशु पनि रहेका छन्। ती शिशु चार दिनअघि मात्रै क्वारेन्टिनमा जन्मिएका थिए। 

बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। 

सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।