धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । बिहीबार त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संङ्ख्या ३० पुगेको हो । भारतबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टाइनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे त्रिपुरासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिए ।
जेष्ठ २५ गते स्वाव परिक्षणको लागि पठाएका ति महिलाको सोमबार पिसिआर रिपोट पोजिटिभ आएको हो । कोरोना संक्रमित ३० मध्ये २२ जना पुरुष र ८ जना महिला रहेका छन् । यसअघि थपिएका १७ जना मध्ये धादिङको नीलकण्ठ नगरपालिका वडा नं १ का १७ बर्षका पुरुष, वडा नं २ का २२ बर्षका पुरुष, वडा नं ३ का ४० बर्षका पुरुष, वडा नं ५ का ३० र ३५ बर्षका पुरुष, वडा नं ११ का ४२ र ५५ बर्षका पुरुष, वडा नं १४ का १४, २३, ३५, ४५, ५० बर्षका पुरुषहरु तथा २१, २७, ३६ बर्षका महिला र २० महिनाको बालिका र नीलकण्ठ–७ का ३३ वर्षिय पुरुष रहेका छन् ।
त्यस्तै गजुरी गाउँपालिकाको घाटबेशीमा बस्दै आएकी ३२ बर्षिय महिला, धुनिवेशी नगरपालिका वडा नंं।३ छत्रेपाटी महेशफाँटकी २३ वर्षिया महिला, सिद्धलेक ५ कुम्पुरकी २३ वर्षिय महिला रहेका छन् । यसअघि नेत्रावती डबजोङ गाउँपालिकाको ३२ वर्षिय पुरुष, गल्छी गाउँपालिकाकी ३० वर्षीया महिला महिला र थाँक्रेका ४० वर्षिय कोरोना संक्रमित एक जना पुरुष निको भएर घर फर्किसकेका छन् । आज बिहीबार पुष्टि भएका त्रिपुरासुन्दरी गाउँपालिकाको ७ जनाको विवरण आउन बाँकी रहेको छ ।