सप्तरी र पर्सामा गरी २४ जना कोरोना संक्रमित थपिए

सप्तरी र पर्सामा गरी २४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बलान विहुल गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका ब्यक्ति हुन् ।

संक्रमित १२ देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । तीमध्ये एक जना महिला रहेकी छन् । यो समेत जिल्लामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ ।

त्यस्तै पर्सामा आज थप आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका–६ का बासिन्दा हुन् । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ती ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

संक्रमण पुष्टि हुने २० वर्ष देखि ५५ वर्ष समूहका छन । भारतबाट फर्किएका उनीहरू स्थानीय सन्ठी क्वारेन्टिनमा बसेका थिए ।