कपिलवस्तुमा फेरि थपिए ११ संक्रमितः सबै भारतबाट आएका

कपिलवस्तुमा फेरि थपिए ११ संक्रमितः सबै भारतबाट आएका

कपिलवस्तुमा थप ११ जना कोरोना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा थप ११ जना संक्रमित थपिएका हुन् । योसँगै देशभर संक्रमितको संख्या एक हजार ५२ पुगेको छ ।

कपिलवस्तुका गढवा र विजयनगरका १५३ जनाको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको हो । जसमा गढवाका २ जना र विजयनगर गाउँपालिकाका ९ जना रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

संक्रमित सबै भारतबाट आएका हुन् । सबैजना जिल्ला स्वास्थ्य कार्यालयले व्यवस्थापन गरेको क्वारेन्टाइनमा रहेका छन् । हालसम्म संक्रमितको अवस्था सामान्य रहेको प्रतिष्ठानले जनाएको छ ।