कोरोना संक्रमण दरमा नेपालमा नयाँ रेकर्डः एकैदिन ११४ जना संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो

कोरोना संक्रमण दरमा नेपालमा नयाँ रेकर्डः  एकैदिन  ११४ जना संक्रमित, संक्रमितको संख्या ८८६ पुग्यो

बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १ सय ८३ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको निधन भैसकेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन्। सरकारले पिसिआर प्रविधिबाट परीक्षण बढाएकाले पनि धेरै संक्रमित भेटिएका हुन्।  बुधबारसम्म ५८ हजार २७७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय प्रवक्ता विकास देवकोटाले जानकारी दिए।