रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ सय २८ पुग्यो

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ७ सय २८ पुग्यो

रौतहटमा २२ जना कोरोना संक्रमित थपिएका छन् । २२ जनामध्ये गौर नगरपालिकाका ७, देवाही गोनाही नगरपालिकाका १४ र राजदेवी नगरपालिकाका १ जना रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमित सबै जना सम्बन्धित नगरपलिकाको क्वारेन्टिनमा बसेका थिए । उनीहरू सबै भारतबाट आएका हुन्। संक्रमितहरूलाई कुन अस्पताल लैजानेबारे छलफल चलिरहेको घिमिरले बताए।

योसँगै नेपालमा संक्रमितको संख्या ७ सय २८ पुगेको छ । आजै बिहान मात्र सुर्खेतका १२ जना र बारामा पनि ५ जनामा संक्रमण पुष्टि भएको हो। बारामा देखिएका संक्रमितहरूमा दुई जना नेपाली सेनाका हुन्। उनीहरू क्वारेन्टिनको सुरक्षार्थमा खटिएका थिए।

नेपालमा संक्रमितमध्ये ११२ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको निधन भैसकेको छ ।