काठमाडौँ : सरकारले थानकोटस्थित त्रिभुवन पार्कमा राखिएका २ सय २८ जनालाई रातारात गाडी चढाएर घर पठाएको छ । पहिलो लटमा बाँके बर्दिया दाङ सुर्खेत सल्यानलगायतका जिल्लाका नागरिक पठाइएको छ। शुक्रबार र शनिबार थानकोटबाट रोकिएका उनीहरुलाई अस्थायी व्यवस्थापनका लागि त्रिभुवन पार्कमा पाल र टेन्ट टाँगेर राखिएको थियो।
उनीहरु लकडाउन अनिश्चित बनेपछि पैदलै हिँडेर घरतर्फ लागेका थिए।तर थानकोट प्रहरीले बाटोमै रोकेर पार्कमा ल्याएर राखेको थियो। त्यसपछि सम्बन्धित जिल्लाका सांसदहरुहरु अलपत्र परेका उनीहरुलाई गन्तव्यतर्फ पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए। त्यसपछि गाडीको व्यवस्था मिलाएर पठाइएको प्रहरी स्रोतले जानकारी दियो।