काठमाडौँ : चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएका २ जना नेपालिमा कोरोना पुष्टि भएके छ । आरडीटी किटबाट कोभिड–१९ परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका एकैपरिवारका तीनजना मध्ये दुईजनामा कोभिड-१९ को संक्रमण रहेको पुष्टि भएको छ ।
पाटन अस्पताल भर्ना गरिएकामध्ये दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयस्थित स्रोतले जानकारी दिएको छ। एकजनाको भनेपीसीआर परीक्षण पुनस् दोहोर्याइएको जानकारी पनि प्राप्त भएको छ। उनीहरू पेप्सीको टाउनप्लानिङस्थित सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ को १५ औं तलामा बस्दै आएका थिए। ८१ वर्षीया आमा, ५८ वर्षीय छोरा र ५२ वर्षीया बुहारीलाई सोमबार पाटन अस्पताल भर्ना गरिएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ आएको हो। नगरप्रमुख कृष्णहरि थापाका अनुसारपनि चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको हो।