५७ हजार बढीले लकडाउन उल्लंघन गरे

५७ हजार बढीले लकडाउन उल्लंघन गरे

काठमाडौँ : प्रवक्ता डा देवकोटाका अनुसार शान्ति सुरक्षा तर्फको कार्य समूहले उपलब्ध गराएको विवरण अनुसार गत चैत ११ गतेदेखि लागू भएको लकडाउनका क्रममा हालसम्म कूल ५७ हजार ३१३ जनाले उल्लंघन गरेको पाइएको छ । बिना काम सार्वजनिक स्थानमा गएको र आफूखुसी हिडेकालाई प्रहरीले पक्राउ गरेको हो ।

ती मध्ये ५७ हजार ३०२ जनालाई केही समय राखेर रिहा गरिएको छ । यस्तै ३२ हजार ७२४ वटा सवारी साधन समेत सो अवधिमा पक्राउ परेको छ । ती सवारीमध्ये २७ हजार ४४२ वटालाई छाडिएको छ । उहाँले लकडाउनको उल्लंघन नगर्न र कानूनको परिपालना गर्न समेत आग्रह गर्नुभयो । सिसिएमसीमा शान्ति सुरक्षाको सम्पूर्ण काम तथा विवरण भने गृह मन्त्रालयले उपलब्ध गराउने गरेको छ । देशका विभिन्न स्थानमा रहेका ४ हजार ४६ विदेशी पर्यटकलाई विभिन्न माध्यमबाट उद्धार गरी काठमाडौँ ल्याई उनीहरुलाई स्वदेश फिर्ता गरिएको छ ।