काठमाडौं : स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमण परिक्षणको काम १५ दिनभित्र पुरा गर्ने दावी गरेको छ । अहिले सवै प्रदेशमा आवस्यक सामाग्री र चिकित्सकहरु पुगिसकेकाले दैनिक एक हजार बढीको परिक्षण भइरहेको भन्दै मन्त्रालयले आवस्यक सामान तुरुन्तै खरिद गर्ने निर्णय भइसकेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालयले परिक्षणको दायरा बढाएरु ३७ सयको परिक्षण गरिसकेको र नेपालका लागि धेरै ठूलो उपलब्धि भएको भन्दै सुदूरपश्चिममा हवाइ यातायातबाट नमुना परिक्षण गरिरहेको बताए। यस अघि सेवा गरीसकेका सेवा निबृत चिकित्सकलाई बोलाएको र छात्रबृतिमा रहेको चिकित्सकलाई पनि सहयोग गर्न आग्रह गरिएकाले १५ दिनभित्र नेपाललाई संक्रमण मुक्त बनाएर सवैलाई सुरक्षित बनाउने दावी गरेका छन् ।