मौसम अपडेट: पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

मौसम अपडेट: पहाडी र हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

यसको प्रभावले देशका हिमाली भूभागमा आंशिक बदली हुनुका साथै पहाडी तथा तराईका भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका साथै तराईका क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहनेछ। देशका तराई भूभागमा भने रातिको मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा तथा कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

छुटाउनुभयो कि ?