क्वारेन्टाइनबाट घर फर्काइएकी महिलामा नै कोरोना संक्रमण

क्वारेन्टाइनबाट घर फर्काइएकी महिलामा नै कोरोना संक्रमण

धनगढी : कोरोना भाइरसको संक्रमित कैलालीकी एक महिलालाई लक्षण नदेखिएको भन्दै कुनै टेस्टनै नगरी क्वारेन्टाइनबाट घर फर्काएको पाइएको थियो । आज उक्त महिलामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।

स्थानीय संक्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो संक्रमितका आफन्त हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो । त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर, कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइएको छ । ‘१५ र १६ गते क्वारेन्टाइनमा बसेर घर फर्किनु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने ।