चितवन : शुक्रबार चितवनको भरतपुर अस्पतालमा भर्ना भएकी युवतीको ज्वरो र निमोनियाका कारण मृत्यु भएपछि युवतीको स्वाब परीक्षणका लागि हेटौँडामा रहेको प्रयोगशाला पठाइएको थियो। पठाइएको थियो र त्यसको नतिजा नेगेटिभ आएको छ।
उपचारका क्रममा मृत्यु भएकी सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राई सहित अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष अस्थायी अस्पतालले जनाएको छ। सबैको नमूना हेटौँडामा रहेको प्रयोगशाला पठाइएको थियो।
कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए।