व्यापार, स्वास्थ्य र प्रेम जीवन: कस्तो रहनेछ तपाईंको आजको दिन?

व्यापार, स्वास्थ्य र प्रेम जीवन: कस्तो रहनेछ तपाईंको आजको दिन?

१. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। रोकिएका कामहरू सहजै सम्पन्न हुनाले मन प्रसन्न रहनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

२. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामकाजमा केही चुनौती देखा पर्न सक्छन्, तर धैर्यता र परिश्रमले सफलता मिल्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

३. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यमा रुचि बढ्नेछ। साथीभाइसँगको भेटघाटले मनमा नयाँ उत्साह थप्नेछ। आर्थिक दृष्टिकोणले दिन शुभ छ।

४. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बोलीको प्रभाव बढ्नेछ। नयाँ योजना बनाउनका लागि आजको दिन उपयुक्त छ। व्यापार-व्यवसायमा सोचेजस्तै लाभ मिल्न सक्छ।

५. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तनाव कम हुनुका साथै आत्मविश्वासमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर मिल्न सक्छ। यात्राको सम्भावना छ।

६. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनावश्यक खर्च बढ्न सक्ने भएकाले बजेटमा नियन्त्रण राख्नुहोला। गोपनीयता जगेर्ना गर्नु हितकर हुनेछ।

७. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आम्दानीका मार्गहरू फराकिलो हुनेछन्। पुराना लगानीबाट राम्रो प्रतिफल पाइनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ।

८. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा उच्च अधिकारीको सहयोग मिल्नेछ। पदोन्नति वा नयाँ अवसरको योग छ। रोकिएका कामहरूले गति लिनेछन्।

९. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्म, कर्म तथा आध्यात्मिक चिन्तनमा मन जानेछ। अध्ययन-अध्यापनमा प्रगति हुनेछ। टाढाको यात्राको योग छ।

१०. मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) स्वास्थ्यमा केही उतारचढाव आउन सक्छ। यात्रा गर्दा र सवारी चलाउँदा विशेष सावधानी अपनाउनुहोला।

११. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाम्पत्य जीवनमा मधुरता छाउनेछ। साझेदारीका कामहरूबाट फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै परास्त गर्न सकिनेछ।

१२. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेका कामहरू समयमै सम्पन्न हुनेछन्। शत्रुहरू पराजित हुनेछन् भने कार्यस्थलमा तपाईंको प्रशंसा हुनेछ।

छुटाउनुभयो कि ?