मेषदेखि मीनसम्म: आज कसको बन्नेछ सोचेको काम, कसलाई छ यात्रामा रोक?

मेषदेखि मीनसम्म: आज कसको बन्नेछ सोचेको काम, कसलाई छ यात्रामा रोक?
  • मेष: दिन सामान्य रहनेछ। विरोधीहरू सक्रिय रहने योग छ। आफ्नै मानिएका साथीभाइ विपक्षीको मोर्चामा उभिन सक्नेछन्। पश्चिम दिशाको लामो यात्रा नगर्नु उचित हुनेछ। शिक्षा क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।

  • वृष: दिन राम्रो छ। आज बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। राजनीतिक क्षेत्रमा फाइदा पुग्नेछ भने राजनीतिक नियुक्तिको अवसर प्राप्त हुन सक्छ। शिक्षामा सफलता मिल्नेछ।

  • मिथुन: दिन अनुकूल छ। सोचेका काम बन्नेछन्। गुरुसँगको भेटले मन प्रसन्न रहनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। यद्यपि हरेक काममा थप मिहिनेतको आवश्यकता छ।

  • कर्कट: दिन राम्रो छ। व्यापारमा गरिएको लगानीबाट फाइदा हुनेछ। शिक्षामा केही ढिलासुस्ती भए पनि स्वास्थ्यमा सुधार आउनेछ। समाज र परिवारमा प्रशंसा मिल्नुका साथै प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

  • सिंह: दिन सामान्य रहनेछ। साथीभाइ नै विरोधमा सक्रिय हुन सक्ने भएकाले सोचेर मात्र बोल्नु उपयुक्त हुनेछ। विश्वास गरिएका पात्र नै विपक्षीको मोर्चामा उभिन सक्नेछन्। पश्चिमतर्फको लामो यात्रा नगर्नु उचित हुनेछ भने शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ।

  • कन्या: दिन फलदायी रहनेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ। धार्मिक क्षेत्रमा चर्चा हुनुका साथै समाजमा सम्मान प्राप्त हुने योग छ। प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ।

  • तुला: दिन शुभ छ। सोचेका कामहरू पूरा हुनेछन्। कतै रमाइलो यात्राको योग छ। प्रियजनसँगको भेटले मनमा खुसी मिल्नेछ। शिक्षामा सुधार हुनुका साथै पारिवारिक मेलमिलाप कायम रहनेछ।

  • वृश्चिक: दिन राम्रो रहनेछ। आफ्ना प्रतिभा प्रदर्शन गर्ने अवसर मिल्नेछ। मानसम्मान प्राप्त हुनुका साथै विपक्षीहरू शान्त हुनाले काम सहजै बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

  • धनु: दिन सामान्य रहनेछ। शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल हुनेछ। आज हरेक काममा जोगिएर र सचेत भएर अगाडि बढ्नु उचित हुनेछ।

  • मकर: दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले प्राप्त सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वदेशमै रोजगारीको विकल्प देखेर मन प्रसन्न हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा पनि पदोन्नतिको योग देखिन्छ।

  • कुम्भ: दिन सामान्य रहनेछ। खर्च बढ्नुका साथै व्यावहारिक बोझ थपिन सक्छ। काममा केही अवरोध आउन सक्ने भएकाले धार्मिक कार्यमा सहभागी भई दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

  • मीन: दिन शुभ छ। साथीहरूसँगको भेटघाटले मन प्रसन्न रहनेछ भने सोचेका काम बन्नेछन्। खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ। व्यापार व्यवसायमा भने थप मिहिनेत गर्नु उचित हुनेछ।

छुटाउनुभयो कि ?