लकडाउन उल्लंघन गर्ने ४ नेपालीलाई मलेसिया सरकारलद्धारा जरिमाना र जेल सजाय

लकडाउन उल्लंघन गर्ने ४ नेपालीलाई मलेसिया सरकारलद्धारा जरिमाना र जेल सजाय

मलेसिया : मलेसिया सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको लकडाउनका नियम उल्लंघन गर्ने ४ जना नेपालीलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना गरिएको छ। मलेसियाले कोरोना भाइरसको फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा मलेसियाको मेलक्कामा ती नेपालीहरु पक्राउ परेको अध्यागमन कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा पूर्ण बहादुर लिम्बू , दुर्गा बहादुर सार्की, पुण्य तामाङ र भरोसी सदा रहेको विभागले जनाएको छ । उनीहरुसँगै पक्राउ परेका पाकिस्तानी र बंगलादेशी नागरिकलाई पनि सोही सजाय भएको छ । यसैगरी अन्य ९ जनालाई ५ सय देखि १ हजार रिंगिटको बीचमा जरिमानाको सजाय अदालतले गरेको अध्यागमन कार्यालयले जनाएको मलेसियाबाट अनील कार्कीले जानकारी दिएका छन् ।

४ जना नेपालीसँगै पक्राउ परेका एक जना पाकिस्तानी तथा एकजना बंगलादेशी नागरिकलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिमाना भएको हो । उनीहरुलाई अदालतले १ हजार रिंगिट जरिमाना वा तीन महिना जेल सजाय तोकिएको मलक्का अध्यागमन कार्यालयले जनाएको छ । न्यायाधिश मोहम्मद नजरिन अलि रहिमको ईजलाशले सो सजाय तोकेको हो ।