काठमाडौं : भारतबाट फर्किएका एक युवकको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । तर, उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । धादिङ, सुन्दरबजार ६ का २३ वर्षीय राजकुमार मग्रातीको उपचारका क्रममा मृत्यु भएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार उनीसहित ११ जना चैत ९ गते नीलकण्ठ नगरपालिका(६ भोर्ले आइपुगेका थिए । त्यहाँबाट उद्दार गरेर उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरु सबैलाई जिल्ला स्वास्थ्य चौकीमा लगेर चेकजाँच समेत गरिएको थियो । त्यसक्रममा मग्रातीको खुट्टा भाँच्चिएको र टाउको तथा अनुहारमा चोट लागेको पाएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रजिअ तामाङले बताए । उनलाई बुधबार विहान ज्वरो आएको थियो । उपचारकै क्रममा मृत्यु भएको छ । उनको कोरोना परीक्षणका लागि पठाइएको छ । तर, रिपोर्ट आउन भने बाँकी छ ।