काठमाडौँका गरिब परिवारलाई खाद्यान्न वितरण

काठमाडौँका गरिब परिवारलाई खाद्यान्न वितरण

काठमाडौँ : काठमाडौँ महानगरपालिका–१६ एकलटारमा बस्दै आएका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । न्यूरोडमा व्यवसाय गर्दै आउनुभएका विवेक शर्माले आज नागार्जुन एकलटार पुगेर खानाको अभावमा बसेका पाँच विपन्न परिवारलाई खाद्यान्न वितरण गर्नुभएको हो । उहाँले तीन÷तीन जनाको पाँच परिवारलाई प्रति परिवार दश किलोग्राम चामल, दुई किलोग्राम दाल, एक किलोग्राम नुन, आधा लिटर तेल, दुई किलोग्राम आलु र एक पाकेट साबुन वितरण गर्नुभयो ।

शर्माले ‘मिसन अन्नपूर्ण’ भन्ने अभियानमार्फत उनीहरुलाई सहयोग गर्नुभएको हो । “खानाको अभावले कोहीपनि नेपाली भोकभोकै नमरोस् भन्ने उदेश्यले अभियान सञ्चालन गरेको हुँ”, उहाँले भन्नुभयो । उहाँले काठमाडौँ, भक्तपुर र ललितपुरमा बस्ने जोकोही खानाको अभाव भए फोन गर्न आग्रह समेत गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते बिहानदेखि १८ सम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदूरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ ।

छुटाउनुभयो कि ?