कोरोना भाइरसका कारण विश्‍व नै लकडाउनमा

काठमाडौँ : विश्वव्यापी रूपमा फैलिइरहेको नोवल कोरोना ९कोभिड–१९० का कारण विश्वका अधिकांश देश लकडाउनको स्थितिमा पुगेका छन् । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले कोभिड–१९ को संक्रमणलाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै विभिन्न प्रभावित देशहरूले भाइरसलाई थप फैलन नदिन लकडाउन घोषणा गरेका हुन्। हाल विश्वको जम्मा जनसंख्या ७ अर्ब ८० करोडमध्ये ती देशमा एक तिहाइ मानिस बस्छन्।

युरोपका सबैभन्दा बढी प्रभावित इटाली र स्पेनले लकडाउनको अवधि बढाएका छन्। त्यसैगरी युरोपका बेलायत, बेल्जियम, नर्वे, डेनमार्क, रुस, चेक रिपब्लिक, फ्रान्स, पोल्यान्ड, युक्रेनमा लकडाउन जारी छ। दक्षिण एसियाका भारत, नेपाल, पाकिस्तान, बंगलादेश, भुटानले पनि देशव्यापी लकडाउन घोषणा गरेका छन्। दक्षिण एसियामा हालसम्म बढी प्रभावित भारतमा तीन साता लामो लकडाउन जारी छ। तीन साताका लागि लकडाउन गरिएको भारतमा मात्र १ अर्ब ३० करोडभन्दा बढी मानिस बस्छन्।

त्यसैगरी कोभिड–१९ सुरु भएको चीनका मुख्य १६ वटा सहर बन्द छ। त्यसैगरी दक्षिण कोरिया, न्युजिल्यान्ड, जोर्डन, मलेसिया, कतार, ओमान, कुवेत, अर्जेन्टिना, मोरक्को, दक्षिण अफ्रिका पूर्ण रूपमा बन्द छन्। जर्मनीका १६ राज्य, अस्ट्रेलियाका केही राज्य, साउदी अरबका प्रमुख तीन सहर लकडाउन गरिएको छ।

त्यसैगरी, इजरायल आंशिक रूपमा लकडाउन गरिएको छ भने क्यानडा, माल्दिभ्स, लिथुवानिया, उत्तर कोरिया, पेरु, स्लोभाकियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेका छन् भने आन्तरिक आवतजावत सीमित पारेका छन्। पछिल्लो समय कोभिड–१९ को संक्रमण तीव्र फैलिइरहेको अमेरिकाका केही राज्यले लकडाउन गरेका छन्। अधिकांश राज्यले आवागमनमा कडाइ गरेका छन्। यद्यपि, लकडाउन भने गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका बन्द गर्नका लागि नभई विकास र प्रगतिका लागि’ भएको बताउँदै लकडाउन नगर्ने अडान लिएका हुन्।