कोरोना प्रकोपपछि नियमित जनजीवनमा फर्कंदै चीन, करिब ६ सय सिनेमा हल सञ्चालनमा

कोरोना प्रकोपपछि नियमित जनजीवनमा फर्कंदै चीन, करिब ६ सय सिनेमा हल सञ्चालनमा

एजेन्सी: केहि समय अगाडि कोरोना भाइरसको संक्रमाणबाट जुधिरहेको चीनमा अहिले चाहि कोरोनाको महामारी नियन्त्रणमा आउने क्रममा छ । त्यसैले, विगत केही महिनादेखि बन्द भएका चीनका चलचित्र भवनहरु फेरी खुल्न थालेका छन ।

श्रोतका अनुसार, चीनका करिब ६ सय भन्दा बढी हल संचालनमा आएका छन । संचालनमा आएलगतै दर्शकलाई आकर्षण गर्न हलमा पुराना चर्चित हलिउड चलचित्र रिलिज गर्ने तयारीमा संचालकहरु छन । चलचित्र भवनहरुमा ‘अवतार, इसेप्सन, एभेन्जर्स, वुल्फ वारियर, वुल्फ टोटेम’ जस्ता चलचित्रहरु रिलिज गर्ने तयारी गरिएको छ ।

चीनमा चलचित्र रिलिज हुँदा ५१ प्रतिशत शेयर हल संचालकहरुले,४३ प्रतिशत वितरक वा शेयर होल्डर्सले पाउने रसरकारलाई ६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ ।तर, अहिले चलचित्र रिलिज गर्दा सबै शेयर हल संचालकलाई नै दिने तयारी गरिएको छ ।चीन, विश्वको दोश्रो ठुलो बक्स अफिस मानिन्छ ।