नेपालमा कोरोनाबाट संक्रमित तेस्रो व्यक्ति भेटिए, टेकु अस्पतालको आइसोलेसनमा

नेपालमा कोरोनाबाट संक्रमित तेस्रो व्यक्ति भेटिए, टेकु अस्पतालको आइसोलेसनमा

काठमाडौँः कोरोना भाइरस संक्रमण (कोभिड –१९) का तेस्रो केस नेपालमा भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हाले खाडी मुलुकबाट फर्किएका युवामा कोभिड पोजेटिभ भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त केस पुष्टि गरेको छ ।

हालसम्म नेपालमा तीन पोजेटिभ केस फेला परेका छन् । चीनको वहानबाठ फर्किएका नेपाली उपचारपछि फर्किएका छन् ।
हालै फ्रान्सबाट फर्किएकी एक युवतीमा पनि कोरोना पोजेटिभ भेटिएको थियो ।