गौरीफन्टाबाट भित्रिए नौ सय नेपाली, सम्बन्धित जिल्लामा क्वारेन्टाइनमा राखिने

धनगढी : नेपाल–भारतको सीमानाका गौरीफण्टामा सोमबारदेखि अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लामा पु¥याई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न लागिएको छ । भारतका विभिन्न शहरबाट स्वदेश फर्किएका एक हजार ९०० नेपाली सोमबार साँझदेखि कैलाली नजिकको गौरीफण्टा सीमानाकामा गन्तव्यमा पुग्न नपाई अलपत्र रहेका हुन् ।

कोरोना भाइरसको रोकथामको प्रयासस्वरुप नेपाल सरकारले लकडाउन गरेसँगै आवागमनमा रोक लगाइएपछि उनीहरु सीमामै अलपत्र परेका हुन् । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठक पछि कुरा गर्दै सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सङ्घीय सरकारको निर्णयअनुसार सीमामा रोकिइराखेका सबै नेपालीलाई सम्बन्धित जिल्लामा पठाइ क्वारेन्टानमा बस्ने व्यवस्था मिलाउन पहल गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उक्त नाकामा विभिन्न १९ जिल्लाका नेपाली नागरिक अलपत्र अवस्थामा रहेका छन् । मन्त्रिपरिषद्को बैठकले कोरोनाको रोकथाम तथा निगरानीको पूर्वतयारीस्वरुप प्रदेशका विभिन्न अस्पताल र जनस्वास्थ्य संस्थामा आइसोलेसन कक्ष स्थापनाको कार्य लागि रु ११ करोड ५० लाख रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

प्रदेशको महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालमा ५०÷५० श्ययाको र अन्य जिल्लाका अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा न्यूनतम २० श्ययाको आइसोलेसन कक्ष तयार पार्नका लागिएको जनाइएको छ । यसैगरी कोरोनाको रोकथामको प्रयासका लागि गर्नुपर्ने कार्यका लागि सशर्त अनुदानको रुपमा प्रदेशका गाउँपालिकालाई रु तीन लाख, नगरपालिकालाई रु चार लाख र उपमहानगरपालिकालाई रु पाँच लाख उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।