जनकपुर : कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारद्वारा जारी आदेश नमान्ने २६१ सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार जिल्लाका विभिन्न स्थानमा आदेश पालन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनमा मोटरसाइकल बस, ट्रक, टिपर, ईरिक्सा र खाली गाडी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख पर्शुराम घिमिरेले बताउनुभयो ।
जनकपुरधामको जिरोमाइलबाट एक वटा इरिक्सा र ९९ वटा मोटरसाइकल, जानकी चोकबाट पाँच वटा इरिक्सा र ५२ वटा मोटरसाइकल, स्टेशन एरियाबाट पाँच वटा इरिक्सा र १३ वटा, मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । त्यस्तै लालगढबाट २ वटा बस, दुई वटा ट्रक र दुई वटा जीप , ढल्केवरबाट ३० वटा ट्रक, चार वटा टिपरलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।