पोखरा: क्रिश्चियन धर्म तथा यशुका अनुयायी बने कोरोना भाइरस नलाग्ने भन्दै भ्रम फैलाउने पास्टर पक्राउ परेको छ। प्रहरीले भ्रम फैलाउने क्रममा जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका पास्टर केशवराज आचार्यलाई नियन्त्रणमा लिएको हो ।
आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।आचार्य प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।
धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।