कैलालीको गौरीफन्टा नाकामा नाराबाजी जारी

कैलालीको गौरीफन्टा नाकामा नाराबाजी जारी

गौरीफन्टा : नेपाल लकडाउनको घोषणा पछि सिमा नाकाहरुमा थप कडाई गरिएको छ । भारतका विभिन्न शहरबाट नेपाल आएकाहरुलाई सुदूरपश्चिमको प्रमुख सीमा नाका कैलालीको गौरीफन्टामा सुरक्षाकर्मीले आउन नदिएको पछि गौरीफन्टामा थप तनाव बढेको छ । उनीहरुले नेपाल आउन पाउनुपर्ने भन्दै मंगलबार बिहानैदेखि नाराबाजी समेत गरिरहेका छन् ।

कैलालीका सबै ठाउँ मंगलबार बिहानै ६ बजेदेखि लकडाउनको अवस्था छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार करिब एक हजारभन्दा बढीको संख्यामा सुदूरपश्चिमको ९ वटै जिल्लाका बासिन्दाहरु त्यहाँ रोकिएका छन्। अत्यधिक भीड भएकाले सुरक्षाकर्मीलाई सम्हाल्न सकस भएको छ। अहिले जिल्ला प्रशासन र मुख्यमन्त्रीले उनीहरुलाई के गर्ने भन्ने बारेमा गृह मन्त्रालयसँग समन्वय गरिरहेका छन्।