काँकडभिट्टा : भारतीय सुरक्षाकर्मीले करिब तीन सय सर्वसाधारणलाई नेपाल प्रवेश गर्ने अनुमति दिए पनि नेपाल सरकारले उनिहरुलाई नेपाल प्रवेश गर्न रोक लागाए पछि उनिहरुले नेपाल प्रवेश गर्न पाउनु पर्छ भन्दै मेची पुलमै नाराबाजी गरेका छन् ।
अधिकांश भारतका विभिन्न सहरमा काम गरेर फर्किएका हुन् भने केही बंगलादेशबाट फर्किएका विद्यार्थीहरु छन्। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले उनीहरुको गुनासो केन्द्रमा पठाएको जनाएका छन्। रानाले भने,'क्याबिनेटले गरेको निर्णय हो, मेरो केही लाग्दैन।' नेपालबाट भारततर्फ जान चाहने झन्डै २ सयजना पनि रोकिएका छन्।