माथिल्लो तामाकोसीबाट साउनदेखि ७६ मेगावाट बिजुली

माथिल्लो तामाकोसीबाट साउनदेखि ७६ मेगावाट बिजुली

दोलखा : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट साउन महिना देखि ७६ मेगावाट बिजुली उत्पादन हुने भएको छ । ४ सय ५६ मेगावाटमध्ये पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन भने साउन १५ देखि हुने माथिल्लो तामाकोसी आयोजनाले जनकारी दिएको छ ।

आयोजना निरीक्षणका लागि पुगेका ऊर्जामन्त्री वर्षमान पुन, महिला तथा बालबालिकामन्त्री पार्वत गुरुङ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल, प्राधिकरणका अध्यक्ष कुलमान घिसिङसहितको टोलीलाई ब्रिफ्रिङ गर्दै आयाजना प्रमुख विज्ञान श्रेष्ठले साउन १५ सम्म आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन हुनेमा विश्वस्त गराएका छन् ।

आयोजना प्रमुख श्रेष्ठले माथिल्लो तामाकोसीको बाँधमा पानी हाली परीक्षण गरिएको र गत सोमबारदेखि आयोजनाको बाँधमा पानी जम्मा गरेएको बताएका थिए । आयोजना सम्पन्न गर्न पेनस्टक पाइप जडानको काम मात्रै रहेको पनि जनकारी दिएका थिए । आयोजनाको काम समयमै सम्पन्न गर्न दुवै ठेकेदार कम्पनीलाई कामको गति बढाउन निर्देशन दिएको थिए ।

डलर सटही र भन्सार प्रक्रियामा अझै पनि ढिलाइ हुने गरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । आयोजनामा सरकारको मात्रै नभई लाखौं जनताको पनि सेयर लगानी रहेकाले ढिलाइ गर्न नहुने मन्त्री पुनले बताए । आयोजनाले भोगेका प्रक्रियागत ढिलाइ मन्त्रालयले समाधान गर्ने उनको आश्वासन छ । आयोजनाको ९९ प्रतिशत काम सकिए पनि पेनस्टक पाइप जडानमा भएको ढिलाइले निर्माण सकिने मिति पटकपटक संशोधन गर्नुपरेको छ ।