फ्रान्सबाट नेपाल आएकी युवतीलाई कोरोना पोजिटिभ

फ्रान्सबाट नेपाल आएकी  युवतीलाई कोरोना पोजिटिभ

काठमाडौँ : फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक युवतीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको मन्त्री ढकालले जानकारी दिए। उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए। संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उनले बताए।

छुटाउनुभयो कि ?