सरकारी कर्मचारी नियमित रुपमा काममा जानुपर्ने, कार्यालय बन्द नहुने

सरकारी कर्मचारी नियमित रुपमा काममा जानुपर्ने, कार्यालय बन्द नहुने

काठमाडौँः कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले सबै क्षेत्र बन्द गरे पनि सरकारी कार्यालय खुला रहने भएका छन् । सरकारी र सार्वजनिक संस्थाका कर्मचारी नियमित रुपमा काममा जानुपर्नेछ ।

मन्त्रिपरिषदको आइतबार साँझको बैठकले कर्मचारीमा दुविधा रहेको भन्दै यस्तो निर्णय गरिएको सञ्चारमन्त्री डा. युवराज खतिवडाले बताए।

यस्तै मन्त्रिपरिषदले कोरोना जोखिम न्यूनीकरण कोष स्थापनाको निर्णय गरेको छ । कोषमा सरकारले ५० करोड रुपैयाँ राख्नेछ । यस्तै, नेपाल सरकारका मन्त्रीहरुको एक महिनाको तलब पनि कोषमा जम्मा हुनेछ ।

सरकारले कोषमा सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई सहयोग गर्ने निर्णय पनि गरेको छ ।