काठमाडौँ : सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको अडियो क्लिपले जनमासमा अहिले सन्त्रास फैलाइ रहेको छ । उक्त अडियो क्लिपमा एक अज्ञात व्यक्तिले थापाथलीमा रहेको नर्बिक अस्पतालमा ९ जानामा कोरोना भाइरसको संक्रमण जाचँ गरिएकोमा ६ जानामा कोरोना भाइरस देखिएको छ र टिचिङ अस्पतालमा अहिले संम चार वा पाँचजानको मुत्यु भईसकेको भनिएको छ ।
उक्त भाइरल भइरहेको कोरोना भाइरससम्बन्धी अडियो क्लिपको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । भाइरल भइरहेको अडियो क्लिपले जनमासमा सन्त्रास फैलाएको भन्दै त्यसको विषयमा अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको छ । सरकारले कोरोनाभाइरसको संक्रमणबारे भ्रामक सूचना जारी नगर्न र गरेका कडा कारबाही गरिने चेतावनी दिँदै आएको छ ।