अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द

अत्यावश्यकबाहेकका सेवा चैत ९ देखि २१ गतेसम्म बन्द

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा राजपत्रमा प्रकाशित अत्यावश्यकबाहेकका सेवाहरु चैत ९ देखि २१ सम्म बन्द गर्ने बताएका छन् ।
सम्बोधनको एउटा बुँदामा भनिएको छ ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।ु
तर, सबै सरकारी कर्मचारीहरू र अत्यावश्यक सेवामा कार्यरत निजी क्षेत्रका समेत कर्मचारीहरूले यथावत् रूपमा आआफ्नो कार्यालयमा उपस्थित भई नियमित कामकाजगर्न पनि सम्बोधनमा भनिएको छ।

के-के हुन् अत्यावश्यक सेवारु

राजपत्रको भाग ५ मा आवश्यक सेवाबारे उल्लेख गरी यिनमा हड्ताल गर्न रोक लगाइएको छ।राजपत्रका अनुसार हुलाक, डाँक, अस्पताल, हातहतियार र आन्तरिक सुरक्षा, खानेपानी, विद्युत, औषधि निर्माण तथा वितरण, फोहोर मैला संकलन, दाल चामल(नुन तेलजस्ता दैनिक उपभोग्य वस्तुको उत्पादन, ढुवानी तथा पैठारी, पेट्रोलियम भण्डारण लगायतका सेवा आवश्यक सेवा हुन्।

राजपत्रमा यी व्यवस्था भएपनि कोभिड १९ विरुद्ध सरकारले चालेका कदम र प्रधानमन्त्रीको संवोधन अनुसार राजपत्र भाग ५ का बुँदा नम्बर ३, ४ र १० मा भने यो प्रावधान लागु नहुने देखिन्छ।