दैलेख : नेपालमा कोरोना भाइरसको त्रास भईरहेको बेला नेपालको दैलेखमा भारतीय प्रहरी पोसाकसहित घुम्दै बाहिरिएको द्ध। बजारमा भारतीय प्रहरी खुलेआम पोसाकसहित हिँडेको देखेपछि स्थानीयले विरोध गरेपछि प्रहरीले खोजी गरेको हो । नेपाल सरकारले भारत संग सबै नाक बन्द गरेको जनाए पनि त्यो व्यवहार भने लागु गरेको छैन ।
भारतीय प्रहरी स्थानीय प्रशासन र प्रहरीलाई कुनै पनि जानकारी नदिइ दैलेख आएको पाइएको छ । भारतीय प्रहरीका सई विजय विवेकको नेतृत्वमा ३ जना प्रहरीसहित ४ जनाको टोली दैलेख आइपुगेको हुन् । भारतमा काम गर्दै आएका दैलेखका एक युवकले झण्डै ५० लाख रुपैयाँ चोरी गरी फरार भएपछि ती युवकको खोजी गर्न दैलेख आएको पोसाकसहितका भारतीय प्रहरीको भनाइ छ ।