रौतहट : नेपाल सरकारले कोरोना भाइरसका कारण विद्यालयहरुलाई चैंत ५ संम सबै परीक्षा सक्न निदेर्शन दिएपछि रौतहटको फतुवा बिजयपुर नगरपालिकाका सबै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरी कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ । यसले शिक्षा क्षेत्रमा चरम लापरवाही भएको पुस्ती गर्छ ।
नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा गराइरहेको एकजना अभिभावकले बताएका छन्। पछिल्ला तीन दिनदेखि अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा पुरानै प्रश्नबाट लिईएको छ । लगातार तीन दिन अक्षरसः पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरुले घटना सार्वजनिक गरेका हुन्।
हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथि कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ । परीक्षा सञ्चालनका निमित्त नगरपालिकाबाट प्राप्त रकम खर्च नगरी अनियमितता गर्ने मनसायले पुरानै प्रश्नपत्र प्रयोग भइरहेको अभिभावकहरुको आरोप छ । शिक्षा संयोजक यादवले प्रेसको गल्तीले यस्तो हुन गएको जनाए । रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्ला शिक्षा समन्वय ईकाईमार्फत नियमानुसार कडा कारवाहीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।