भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट बाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई र ८० जनाभन्दा बढि सङ्क्रमित

भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट बाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई र ८० जनाभन्दा बढि सङ्क्रमित

एजेन्सी:भारतमा कोरोनाभाइरस( कोभिड-१९) को सङ्क्रमणबाट बाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या दुई पुगेको छ।

भाइरसको कारणले मृत्यु हुनेमा दिल्लीकी ६८ वर्षीया महिला रहेकि छन्। गत महिना युरोपको भ्रमण गरेर फर्किएका उनको छोराबाट भाइरस सरेको अधिकारीहरूले बताएका छन्। ती महिलामा स्वास्थ्यसम्बन्धी पनि अन्य समस्याहरू थिए ।

उनको छोरामा सुरुमा सङ्क्रमणको कुनै लक्षण नदेखिएता पनि एक दिनपछि उनलाई ज्वरो आएको सरकारले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।

यस भन्दा अघि कोरोनाका कारण मृत्यु हुनेमा दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुष रहेको छ। उनी साउदी अरबमा एक महिना बसेर फेब्रुअरी २९ मा स्वदेश फर्किएका थिए।

अहिलेसम्म दक्षिण एशियामा भारतमा मात्र कोरोनाभाइरसका कारण दुईको मृत्यु भएको पुष्टि र सबै देशमा ८० जनाभन्दा बढि सङ्क्रमित व्यक्ति फेला परेका छन्।