जनकपुरमा शौच गर्न गएकी महिला ३ दिनपछि मृत फेला

जनकपुर : शौच गर्न गएकी एक महिला तीन दिनपछि मृत अवस्थामा फेला परेकी छन् । गत मंगलबार दिउँसो शौच गरेर आउने भन्दै निस्केकी जनकपुरधाम उपमहानगरपालिका ६ की रोशनी खातुन शुक्रबार मृत भेटिएकी हुन् ।

जनकपुरधामको पेठिया बजार नजिकैको पोखरीमा २५ वर्षीया खातुनको शव तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए । ‘गत मंगलबार बजारमै रहेको सार्वजनिक शौचालयमा शौच गरेर आउने जानकारी आफन्तलाई दिएर उनी गएकी थिइन्’

खातुनको पारिवारिक श्रोतलाई उधृत गर्दै कार्कीले भने, ‘त्यसपछि उनी र्फकेर नआउँदा आफन्तले हामीलाई जानकारी गराएका थिए । खातुन चिप्लिएर पोखरीमा डुबेको हुनसक्ने डीएसपी कार्कीले बताए । ‘अन्य त्यस्तो कुनै सिन्टोम देखिएको छैन् । थप अनुसन्धान भइरहेको छ । मृतक खातुनले पेठिया बजारमै कपडा पसल सञ्चालन गर्दै आएकी थिइन् ।