रक्सी खाएका बुवाले गरे छोराको हत्या

रक्सी खाएका बुवाले गरे छोराको हत्या

कञ्चनपुर : कञ्चनपुरमा रक्सी सेवन गरेर बुवाले छोराको हत्या गरेका छन् । भिमदत्त नगरपालिका २ उल्टाखामका डम्मर चन्दले बुधबार राति अत्याधिक रक्सी पिएर कैँची प्रहार गरी १३ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका हुन् ।

अत्याधिक रक्सी सेवन गरेका चन्दले भान्सामा पिठो मुछिरहेका छोरालाई चिन्न नसक्दा घाँटीमा कैँचीले प्रहार गरेको स्थानीयको भनाइ छ । हत्यापछि स्थानीयले जाँड रक्सी बन्द गर्न माग गरेका छन् । उनीहरुले स्थानीय प्रशासनको लापर्बाहीका कारण जाँड रक्सीको बेचबिखनमा नियन्त्रण नआएको र अपराधिक घटना बढ्दै गएको आरोप समेत लगाएका छन् ।

यस्तै जनप्रतिनिधि घटनास्थलमा नगएको भन्दै स्थानीयले भिमदत्त नगरपालिका २ को वडा कार्यालय घेराउ गरेका छन् । भिमदत्त नगरपालिका २ को वडा कार्यालयले गएको वर्ष नै आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको थियो । तर यो घोषणामै सीमित भएको छ ।