नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा ढकाल

नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा ढकाल


बुटवल : नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको अध्यक्षमा डा. इन्द्र ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा डा. डीबी खत्री, उपाध्यक्षमा डा.सन्दिप सुबेदी महासचिवमा डा. सन्तोष पोखरेल, कोषध्यक्षमा डा. सरीता देवी श्रेष्ठ, सहसचिवमा सागर क्षेत्री, सहकोषाध्यक्षमा डा. नेत्रबहादुर राना निर्वाचित भएका छन् ।

सदस्यहरुमा डा. बिनोदकुमार पराजुली, डा. वर्षा थापा, डा.समीर आर्चाय, डा. मोहन तिवारी, डा.राजकुमार श्रेष्ठ र डा.खलिल मिया निर्वाचित भएको प्रमुख मतदान अधिकृत डा कृष्ण खरेलले बताए ।

मतदान अधिकृत डा.सम्राट पराजुलीले फागुनभित्र सबै शाखाको निर्वाचन सम्पन्न गर्न कार्यअनुसार नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको निर्वाचन गरिएको बताए ।