काठमाडौं : सुतिरहेका बेला पत्निले पतिको अनुहारमा तेजाव प्रहार गरेकी छन् । काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय पतिमाथि पत्नीबाट नै तेजाव प्रहार भएको हो ।
घटनालगत्तै अनुसन्धान थालिएको भन्दै महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।
प्रहरीले रामराजामाथि तेजाब छर्ने अरु कोही नभएर पत्नि भएको आशंका गरी रामराजाकी पत्नी प्रतिमा थापालाइ प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । यसअघिदेखि नै राजाराम र प्रतिमाबीच मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुबीच ६ वर्षअघि विवाह भएको थिए । उनीहरूको एउटा बच्चा पनि छ।