आज तराई क्षेत्रमा होली मनाइँदै

आज तराई क्षेत्रमा होली मनाइँदै

धनुषा : तराईमा मङ्गलबार फागु अर्थात होली पर्व मनाइँदै छ । पहाडी र हिमाली क्षेत्रमा होली मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने चलन छ ।

तराईमा आज अबीरलगायतका रङ्ग दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ । तर यसपालि कोरोना भाइरसको जोखिमका कारण तराईमा पनि अघिल्ला वर्षको जस्तो होलीको उल्लास नभएको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

होलीको अवसरमा तराईमा मङ्गलबार सार्वजनिक बिदा दिइएको छ । तर कोरोनाको जोखिम रहेकाले सँधैजस्तो यसपटक जमघट भएर होली नखेल्न सरकार र सरुवारोग विशेषज्ञ डाक्टरहरुले आग्रह गरेका छन् । भिडभाडमा जाँदा, नजिकै पुगेर रङ्ग लगाइदिँदा र पानीमा भिज्दा सङ्क्रमणको डर हुने भएकाले सजक हुन डाक्टरले आग्रह गरेका हुन् ।

यसैबीच धनुषाको जनकपुरमा भने भोलिमात्रै होली पर्व मनाइने भएको छ । आज मङ्गलबार परेकोले माछा मासु खान नमिल्ने भएपछि भोलिमात्रै होली पर्व मनाउन लागिएको हो ।