होलीमा उच्छृङ्खल गतिविधिमा स‌ंलग्‍न २५ पक्राउ, ५३ सवारी नियन्त्रणमा

होलीमा उच्छृङ्खल गतिविधिमा स‌ंलग्‍न २५ पक्राउ, ५३ सवारी नियन्त्रणमा

काठमाडौँ : होलीमा उच्छृङ्खल गतिविधि गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो २ बजेसम्मको विवरणअनुसार नियन्त्रणमा लिइएकामध्ये २२ जना पुरुष र ३ जना महिला छन् ।

काठमाडौंका विभिन्न स्थानबाट २५ जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए। डीएसपी होविन्द्र बोगटीका अनुसार पक्रउ पर्नेहरुलाई महाराजगञ्ज, बालाजु, कालीमाटीलगायतका प्रहरी वृत्त तथा प्रभागमा राखिएको छ।

त्यस्तै सवारी नियम उल्लंघन गर्ने ५२ वटा २ पांग्रे सवारी र एउटा कारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
भक्तपुर र ललितपुरबाट भने अहिलेसम्म कोही पक्राउ परेका छैनन्। भक्तपुरका एसपी सविन प्रधानले आफ्नो मातहत रहेका स्थानबाट कोही पनि पक्राउ नपरेको बताए। त्यस्तै ललितपुर प्रहरीका अनुसार पनि होली शान्तिपूर्ण रुपमा खेलिएको पाइएको छ।

गत वर्षको तुलनामा यस पटक त्यति धेरै होलीसँग जोडिएका उच्छृङखल गतिविधिमा कमी आएको छ। गृह मन्त्रालयले महारामारीको रुपमा फैलिएको कोरोना भाइरसका प्रभावका कारण औपचारिक रुपमा नमनाउन सबैलाई आग्रह गरेको थियो।